जेठ २३, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेको छ।
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति भने गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मध्य तथा पूर्वी तराईका भू-भागहरूमा विशेष गरी अधिकतम तापक्रम केही दिन नघट्ने देखिएकाले सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेको र यसबाट बच्न महाशाखाले आश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।
- न्युज बहार संवाददाता