जेठ
३०, काठमाडौँ। देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना
रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम
पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले
तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिन निकालेर अबका पाँच दिनसम्म आवश्यक सतर्कता
अपनाउन अनुरोध गरेको हो।
बुलेटिनमा भनिएको छ ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा
विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा
अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने सम्भावना देकिन्छ । तसर्थ, तराईका भू–भागमा
तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।’