Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने

  •   २ वर्ष अघि | ६ असार २०८१, बिहिबार

असार ६, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखा अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणाली तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले अहिले गण्डकी प्रदेश, कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै तथा सुदूरपश्चिम  प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज  बिहिबार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेशकोशी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेश र कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

  • न्युज बहार संवाददाता

थप