Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज दिनभरी पनि वर्षा हुने मौसमविदहरुको भनाई, निरन्तरको वर्षाले सडक लगायत हवाई सेवा पनि प्रभावित

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

असोज १२, काठमाडौँ । मौसमविदहरुका अनुसार आज शनिबार पनि निरन्तर झरी पर्ने भएको छ । वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएकोले आज दिनभर नै निरन्तर झरी पर्ने मौसमविदहरुले बताएका छन ।

मौसमविदले केही दिनदेखिको परेको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यकाका गएको २४ घण्टा भन्दा बढी समय निरन्तर वर्षा भइरहेको छ । यसका कारण उपत्यकाका बस्तीसमेत जलमग्न भएका छन । नदी किनारमा रहेको बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् । निरन्तरको वर्षाले हवाई सेवा पनि प्रभावित भएको छ ।

  • न्युज बहार संवाददाता

थप