जेठ ३, काठमाडौँ । आज दिउँसो देखिनै त्रिभुवन विमानस्थलमा र आसपासका सबै क्षेत्रको मौसमा खराबी देखिएको थियो जसका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका जहाजहरु आकाशमै ‘होल्ड’मा परेका छन् ।
मौसममा आएको प्रतिकुल परिवर्तनले जाहाज अवतरणमा समस्या आएको छ। यसैले गर्दा दुबईबाट आएको फ्लाइ दुबई, दोहाबाट आएको कतार एयरवेज, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा ‘होल्ड’ अवस्थामा नै छन।
- न्युज बहार संवाददाता