Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

उदयपुरमा दुई दिने होमस्टे सम्मेलन हुने

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, विराटनगर । उदयपुरमा दुई दिने होमस्टे सम्मेलन हुने प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदशेमै पहिलोपटक होमस्टे सम्मेलन हुन लागेको हो भने यसको आयोजना पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन प्रवद्र्धन शाखाले गर्ने भएको छ ।  

उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबासस्थित दनुवार सामुदायिक भवनमा फागुन २९ गते र ३० गते होमस्टे सम्मेलन हुन लागेको हो । पर्यटन प्रवर्द्धन शाखाका अधिकृत हेमराज अर्यालका अनुसार होमस्टे सम्मेलनको तयारी तीव्र पारिएको छ ।

सम्मेलनमा प्रदेशभरिका एक सय पाँचवटा निजी तथा सामुदायिक होमस्टेका प्रतिनिधिहरू सहभागी हुने अर्यालले जनाएका छन । अधिकृत अर्यालका अनुसार होमस्टे सम्मेलनमा आफ्ना मौलिक खानाको प्रवर्द्धन गर्न मिल्ने गरी १३ वटा स्टलसमेत तयार पारिएको छ । 

  • न्युज बहार संवाददाता

थप