पुस १०, काठमाडौँ
। देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी संस्कृति, पर्यटन तथा नागरिक
उड्डयनमन्त्री सुदन किराँतीले गरेका छन् ।
सरकारको
वर्ष दिन पुगेको अवसरमा आज मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले करिब
१० लाखको हाराहारीमा आफू मन्त्री भइसकेपछि विदेशी पर्यटक नेपाल आइसकेको बताएका छन
। मन्त्री किराँतीले एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा
उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए । हवाई उडान हुन नसकेको २२
वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको पर्यटन मन्त्रीले
बताए ।
- न्युज बहार संवाददाता