पुस १४, काठमाडौँ । पोखराको फेवातालमा ड्रागन
बोट फेस्टिभल सुरु भएको छ । ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस
फेस्टिभल’ आज देखि
सुरु भएको हो । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल र चीनबीचको
सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै दोस्रो संस्करणको फेस्टिभल
सुरु गरिएको हो ।
यस बोट फेस्टिभलमा
नेपाल, सिङ्गापुर
र चीनका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता भोली(पुस १५ गते) सोमबारसम्म
सञ्चालन हुने जनाएको छ । नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको संयुक्त
रुपमा आयोजना गरेको प्रतियोगितामा २० टोली सहभागी छन् ।
- न्युज बहार संवाददाता