कात्तिक ७, काठमाडौँ । तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय
पदार्थमा संस्कृति, पर्यटन
तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने पर्यटन विभागले रोक लगाएको छ ।
प्रेस
विज्ञप्ति जारी गर्दै पर्यटन विभागले यस्तो रोक बारे जानकारी दिएको हो ।
पर्यटन विभागले जारी गरेको विज्ञप्तिका अनुसार तारे होटलहरू (पाँच
तारे, पाँच तारे डिलक्स र चार तारे) तथा सबै रिसोर्टहरू (लक्जरी र डिलक्स)हरूमा प्लास्टिकजन्य
बोटलहरूमा रोक लगाइएको हो ।
विभागले विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई
इजाजत प्राप्त गरी सञ्चालित होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय
पदार्थहरू प्रयोगमा आइरहेको जानकारी पाएपछि यस्तो किसिमो प्लास्टिकजन्य बोटल
सहितका पेय पदार्थहरूमा रोक लगाएको हो ।
- न्युज बहार संवाददाता