Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा 'इन्टरनेसनल बलुन फेस्टिबल' हुने

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

असोज ४, काठमाडौँ । 'इन्टरनेसनल बलुन फेस्टिबल' नेपालमा पहिलो पटक आयोजना हुने भएको छ।

क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म बलुन नेपाल प्रालिको आयोजनामा महोत्सव हुने भएको हो।

उक्त महोत्सव पोखराको लौरूकदेखि चङ्खपुरसम्मको पामे क्षेत्रमा आयोजना हुनेछ। महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले दिएका छन ।

अध्यक्ष बिक्रम बाडेका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीहरूको सहभागिता रहने छ।

उनले पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप