Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौसममा आएको कराबीका कारण देशको हवाई उडान सामान्य प्रभावित

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । मौसममा आएको कराबीका कारण देशको हवाई उडान केही प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान मौसममा आएको खराबीका कारण प्रभावित भएको हो।

काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ भने काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहेका छन ।

इनरुट वेदर बिग्रिएकाले दुई विमान डाइभर्टभएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जनाएका छन । दुई मध्ये एक यती एयरलाइन्सको विमान काठमाडौँबाट सिमराका लागि उडेको थियो तर सिमराको आकाशमा पुगेर पनि अवतरण हुन नसकेपछी पुन: काठमाडौँ नै फर्किएको छ। त्यस्तै सोही यती एयरलाइन्सकै काठमाडौँबाट विराटनगर उडेको अर्को विमान पनि मौसम बिग्रिएकाले बीच रूटबाटै काठमाडौँ फर्किएको छ।

एयरलाइन्सका अनुसार मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) छैन । यता अन्तर्राष्ट्रिय उडानहरु भने सामान्य रुपमा सञ्चालन भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप