चैत २४,
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको
लठ्ठा चुँडिएको छ । त्रिशूली नदीमाथीको पक्की पुलको लठ्ठा चुँडिएपछी आवागमन
पूर्णरुपमा बन्द गरिएको छ ।
करिब ४०
वर्षअघि देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा निर्माण भएको पुलका मुख्य
चारमध्ये एउटा लठ्ठा चुडिँएको बताइएको छ। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका
अनुसार अहिले पुलबाट आवागमन बन्द गरिएको छ ।
विदुर
नगरपालिकाका प्रमुख राजन श्रेष्ठले गत पुस पहिलो साता पुलको लठ्ठामा समस्या
देखिएपछि दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको बताएका छन
। जतिसक्दो चाँडो मर्मतसम्भार गरेर पुल पुनः सञ्चालन हुने उनले प्रतिबद्धता व्यक्त
गरेका छन ।
नगरपालिकाले
विदुर नगरपालिका–४
बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा
हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको प्रयोगकर्ताहरुले
उक्त पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित बुनिबेँसीको पुल प्रयोग गर्न अनुरोध
गरेको छ ।
- न्युज बहार संवाददाता