Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लोडसेडिङ देशभर छैन, हामी दैनिक विद्युत् बेचिरहेका छौँ: मन्त्री दीपक खड्का

  •   १ वर्ष अघि | १४ साउन २०८२, मङ्लबार

साउन १३, कैलाली । देशभर लोडसेडिङ नभए पनि बेला बेलामा बत्ती जाने समस्या (ट्रिपिङ) भने देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताएका छन् । मन्त्री खड्काले यसका कारणले जनताले पाउने हैरानी र दुःख हटाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिँदै आएको समेत स्पष्ट पारेका छन ।

खड्काले आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र सुदूरपश्चिम उपशाखा १३२/३३/११ के.भी. सब- स्टेसनको अवलोकन तथा निरीक्षणका क्रममा उनले भने, ‘लोडसेडिङ देशभर छैन, हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट विद्युत् बंगलादेशमा दैनिक बेचिरहेका छौँ ।’ 

मन्त्री खड्काका अनुसार कैलाली, बर्दिया तथा सुर्खेत लगायतका जिल्लामा विद्युत् सुविधा उपलब्ध गराउने यो कार्यालयले ट्रिपिङको समस्या हल गर्न र भरपर्दो विद्युत् सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ  । 

  • न्युज बहार संवाददाता

थप