फागुन
१२, काठमाडौँ । प्रहरीले हिजो शुक्रबार काठमाडौँको थापाथली स्थित प्रसूति तथा
स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरेको आरोपमा एक जना महिलालाई पक्राउ
गरेको छ । प्रहरीका अनुसार स्थायी ठेगाना दैलेख भएकी मनकुमारी सिंह पक्राउ परेकी हुन । ।
पक्राउ परेपछी
सुरुमा सिंहले आरोप अस्वीकार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जनाएको
छ । प्रहरीका अनुसार सिंहले सुरुमा बच्चा जंगलमा भेटेर ल्याएको हुँ भनेकी छन ।
तर यता प्रहरीले भने चोरी गर्दाको हुलिया र कपडा म्याच भएपछि मनकुमारीलाई पक्राउ
गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतका अनुसार मनकुमारीसँगै उनका
पतिलाई पनि सोधपुछका लागी बोलाइएको छ भने अहिलेसम्म चोरीमा श्रीमानको भूमिका देखिएको
छैन ।
अहिले चोरीमा संलग्न आरोपमा मनकुमारी र अर्की एक जना महिला टेकुस्थित
काठमाडौँ प्रहरीको कस्टडीमा रहेका छन् । लामो
समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरूले
प्रहरीसँग यसअघि ३ पटक सम्म बच्चा खेर गरेको स्वीकार गरेका छन् ।
- न्युज बहार संवाददाता