चैत ३०, काठमाडौँ । आज शुक्रबादेखि एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । दोस्रो संस्करण ओमानमा हुनेछ । नेपालले दोस्रो संस्करण प्रतियोगिताको पहिलो दिन मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । पहिलो दिनकै अर्को खेलमा भने कतार र हङ्कङबिच हुनेछ ।
दोस्रो
संस्करणका खेलहरु वैशाख ९ गतेसम्म सञ्चालन हुनेछन भने प्रिमियर कपमा १० टोलीको
सहभागिता रहेको छ ।
नेपालले प्रिमियर कपको पहिलो
संस्करणको उपाधि जितेको थियो ।
- न्युज बहार संवाददाता