फागुन ११, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अनुमानकै भरमा कसुरदार ठहर गर्ने छुट अदालतलाई पनि नभएको बताएका छन । जवरजस्तीकरणी आरोपमा काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय पाएका क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिँदै अदालतलाई पनि अनुमानकै भरमा कसुरदार ठहर गर्ने छुट नभएको जिकिर गरेका छन ।
आफूलाई काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको फैसला बदर गर्न मागसहित उनी उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन । जिल्ला अदालतबाट अनुमानको भरमा आफूलाई कसुरदार ठहर गरिएको दलिल उनले लिएका हुन् ।
पीडित भनिएकी किशोरीको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत अदालतले बेवास्ता गरेको जिकिर गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।
- न्युज बहार संवाददाता