Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कम वर्षा भएको कारण उत्पादनमा ह्रास, मधेस प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

  •   १ वर्ष अघि | ८ साउन २०८२, बुधबार

साउन ७, काठमाडौँ । मधेस प्रदेशका आठ वटै जिल्लालाई मन्त्रिपरिषद् बैठकले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री रमेश लेखकको प्रस्तावमा उक्त निर्णय गरेको हो ।

उक्त जिल्लाहरुमा पानीको अभाव भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेश गरिएको थियो । हिजो मंगलबार मधेस प्रदेश सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका अनुसार मधेस प्रदेश सरकारबाट पनि निर्णय भएर आइसकेको हुँदा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक भएको हो ।

यस वर्ष मधेस प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाई हुन सकेको र यस वर्ष सुख्खाका कारण उत्पादनमा ह्रास हुने अवस्था आएको छ । मनसुनमा आधारित कृषि प्रणाली भएकोले कम वर्षा हुँदा अहिले मधेस प्रदेशको कृषी क्षेत्र प्रभावित भएको छ ।

  • न्युज बहार संवाददाता

थप