माघ २६, काठमाडौँ । अबदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्नका लागि दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ।
यातायात
क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले यस्तो सुझाव दिएको छ ।
लिखितमा
नाम निस्केपछि ट्रायल परीक्षा केन्द्रमा गएर ट्रायल दिनुपर्ने हालको व्यवस्था
रहेको छ । ट्रायल परीक्षामा यहाँ पास भए लाइसेन्स निकाल्न सकिन्छ । अब कार्यदलले
तयार पारेको सुझावलाई सरकारले मान्ने हो भने नयाँ व्यवस्थाअनुसार केन्द्रमा
सञ्चालन गरिने परीक्षापछि वास्तविक सडकमै गएर 'रोड टेस्ट' परीक्षा दिनुपर्ने हुन्छ र
ट्रायल
केन्द्रका साथै सार्वजनिक सडकमा चलाउन लगाएर हुनेछ।
सुझाव कार्यदलले अहिलेको अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षाको लागि निर्धारित सैद्धान्तिक तथा प्रयोगात्मक सिकाइ र परीक्षा प्रणालीले सडकमा सवारी गुडाउँदाको वास्तविक अवस्थालाई समेट्न नसकेको समस्या देखाउँदै रोड टेस्टको अवधारणा अघि सारेको हो।
- न्युज बहार संवाददाता