Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

३८.१० अंकले घटेर बन्द भयो नेप्से

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। बजारमा यस दिन ३२२ स्टकको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँबराबरको १ करोड ७८ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन विकास हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको ओरियन्टल होटलको शेयरमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ६५ करोड ४४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक २.३८ प्रतिशतले विकास बैंक उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप