साउन २५, काठमाडौँ । हामीले किनेर दैनिक पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई काठमाडौँ महानगरपालिकाले तीव्रता दिएको छ । बर्खाको समयमा पिउने पानीबाट सर्ने विभिन्न रोगहरूको जोखिम बढ्दै गएपछि प्रशोधित पानीको अनुगमन र कारबाहीलाई महानगरले एकसाथ अघि बढाइरहेको छ ।
महानगरका अनुसार पछिल्लो
एक हप्तामा मात्रै विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट
गरिएको छ ।
असार र साउन
महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट
गरिसकिएको महानगरको अनुगमनको जिम्मा लिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख
नुरनिधि न्यौपानेले जनाएका छन ।
- न्युज बहार संवाददाता