Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज काठमाडौँ लगायत नुवाकोटका विभिन्न ठाउँमा विद्युत सेवा बन्द हुने

  •   ३ वर्ष अघि | ८ बैशाख २०८१, शनिबार

बैशाख ८, काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँमा  आज विद्युत सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने भएको हो ।

प्राधिकरणले रत्नपार्कको वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी र डांछी फिडरअन्तर्गत पर्ने ठाउँमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

लोकसेवा कार्यालयको पानी ट्याङ्की, प्रभु बैंकका साथै धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो, सिंहदरबारको पूर्वी गेट अनामनगर हुँदै, न्युरो हस्पिटल क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मूलपानी फिडरअन्तर्गत मूलपानी चउर, बाबाचोक, मिलन चोक, तिवारी टोल, फुयाल गाउँ, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुने छ ।

त्यसैगरी डांछी फिडरअन्तर्गत अर्याल गाउँ, शिवचोक, ग्रिनहिल सिटी, दक्षिणढोका, होटल नोर्लिङ, क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

प्राधिकरणले आज नुवाकोट र सुर्खेतका विभिन्न ठाउँमा पनि केही समय विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप