Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने

  •   ४ महिना अघि | २५ चैत्र २०८२, बुधबार

चैत २५, काठमाडौँ । आगामी चैत २७ गते प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन सम्पन्न गरिने भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त निर्वाचनको मिति औपचारिक रूपमा निर्धारण गरेका हुन्।

उनका अनुसार प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम २ अनुसार उपसभामुख पदका लागि मतदान मिति तय गरिएको हो।

यसैबीच, संघीय संसद सचिवालयले सो निर्वाचनसँग सम्बन्धित विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने तयारी गरेको छ।

सभामुख अर्यालले निर्वाचन तालिकासम्बन्धी सूचना प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन समेत दिएका छन्।

  • न्युज बहार संवाददाता

थप