माघ २५, काठमाडौँ । महानगरभरिका किसानलाई ललितपुर
महानगरपालिकाले सचेत गराएको छ । ललितपुर महानगर भित्र ‘अफ्रिकन स्वाइन फिभर’ देखिएले महानगरभरिका किसानलाई सेत
गराएको महानगरले जनाएको छ ।
महानगरले आज
बिहीबार एक सूचना जारी गर्दै ‘कास्की, लमजुङ, तनहुँ, काठमाडौँको कीर्तिपुर नगरपालिका र
ललितपुरको गोदावरी नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन
स्वाइन फिभर देखापरेको पुष्टि भएको जानकारी दिएको छ ।
प्रकाशित
सुचनामा ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र
सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।’
किसानलाई
फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न महानगरले सचेत गरेको छ ।
- न्युज बहार संवाददाता