Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुखुराहरुमा ‘चिकेन एनेमिया’ नामको भाइरस देखिदैँ

  •   १ वर्ष अघि | २८ साउन २०८२, मङ्लबार

साउन २७, चितवन । चितवन जिल्लामा पालिएका केही कुखुराहरुमा ‘चिकेन एनेमिया’ नामको भाइरस देखिएको छ । विगत तीन महिनामा यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको अध्ययनका क्रममा उक्त रोग भएको पुष्टि भएको जनाएको छ ।

चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको र कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठले जनाएका छन ।

९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको डा श्रेष्ठले जनाएका छन । यस रोगले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । प्रतिरोधात्मक क्षमता कम हुँदा अन्य रोगले कुखुरामा आक्रमण गर्छ ।

यो रोग लागेको कुखुराहरुमा तौल नबढ्ने, रक्तअल्पदा हुने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखिन्छन। 

  • न्युज बहार संवाददाता

थप