साउन २७, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुन-चाँदी दुबैको मुल्य घटेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि
घटेको छ।
आज अघिल्लो
दिनको तुलनामा चाँदी प्रतितोला १० रूपैयाँले घटेको हो।
आज चाँदी दुई हजार तीन सय पाँच रूपैयाँमा किनबेच भइरहेको महासंघले
जनाएको छ।
- न्युज बहार संवाददाता