फागुन
२७, काठमाडौँ। उपराष्ट्रपतिको उम्मेदवार जनता समाजवादी पार्टीले दुई
जनालाई बनाएको छ।
कार्यकारिणी
सदस्य एवं सांसद प्रकाश अधिकारीले जसपाले प्रमिला यादव र रामसहायप्रसाद यादवलाई
उम्मेदवार बनाएको जानकारी दिएका छन्।
प्रमिला यादव राष्ट्रियसभा सदस्य र जसपाकी
राजनीतिक समिति सदस्य पनि हुन्।
निर्वाचन
आयोगको शुक्रबार बसेको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी
दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। त्यस्तै उपराष्ट्रपति
उम्मेदवार महिला कि पुरूष बनाउने भन्ने विवाद पनि रहेको छ। आजै नै बसेको
सत्तागठबन्धनको बैठकले उपराष्ट्रपति उम्मेदवार जसपाबाट नै बनाउने निर्णय गरिसकेको
छ।
प्रमुख
निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने
बताएका थिए।
- न्युज बहार संवाददाता