फागुन
१४, काठमाडौँ । राष्ट्रियसभाको बैठक सङ्घीय संसद्अन्तर्गत आज बस्दै छ । बैठक आज
दिउँसो एक बजे बस्ने भएको छ ।
सङ्घीय
संसद् सचिवालयका महासचिव
डा भरतराज गौतमले दिएको जानकारी अनुसार आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री
तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको
सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।त्यस्तै अर्को तर्फ
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय
सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक
प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्ने
कार्यसुची पनि रहेको छ ।
यस सगै
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित
विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची अर्को कार्य रहेको छ
।