असार १५, काठमाडौँ । आफ्नो पार्टीको नेतृत्व फेर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले बताएकी छन्।
नेता झाक्रीले
पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृत्वमा
संवैधानिक संकट आएकाले अब नेतृत्व फेर्नुपर्ने बताएकी हुन्।
यस
विषयमा उनले भनिन् ‘पार्टीमा
संकट छ, अध्यक्षकै बारेमा संकट आयो, अब के गर्ने? संकट आयो भनेर भाग्ने भनेको
होइन, अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, । पार्टीलाई पुनर्गठन गरौं।’
झाक्रीका
अनुसार अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ तर काँधमा मरेको सिनो
बोकेर हिँड्न सकिदैन ।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि
समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको
सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन्।
नेकपा
(एकीकृत समाजवादी)का अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गामा भ्रष्टाचार गरेको आरोप
छ।
- न्युज बहार संवाददाता