फागुन १०, काठमाडौं । बुधबार निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति निर्वाचनको मतदाता नामावलीको लागी आठ सय एकासी जनाको नामावली सार्वजनिक गरेको हो । यसमा प्रदेश सभाका ५५० र संघीय संसदका ३३१ जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् ।
सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावली माथि दाबी विरोधको उजुरी आजै बिहान देखि भोलि १२ बजेसम्म दिन पाईने छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने अमृता कुमारी शर्माले जानकारी दिएकि छिन ।
राष्ट्रपतिको पदको लागि यही फागुन १३ गते मनोनयन दर्ता र फागुन २५ गते निर्वाचन हुँदैछ ।