माघ २८, काठमाडौँ
। हाल कायम रहेका राष्ट्रपति विध्यादेवी भण्डारी र नन्दबहादुर पुनको कार्यकाल
सकिँदैछ किनकी राष्ट्रपति र उपराष्ट्रपति चुनावको लागि निर्वाचन आयोगले तालिका
सार्वजनिक गरिसकेको छ । अब नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको स्वागतको लागी तयारी सगै
अहिलेका राष्ट्रपति र उपराष्ट्रपति विदाई पनि हुने छ ।
कार्यकाल सकिए पछी राष्ट्रपति विध्यादेवी भण्डारी राष्ट्रपति निवास छोडेर आफ्नै पुरानो निजी निवास मर्मत सम्भार गरेर चपलीको भंगालमा रहेको घरमा सर्ने तयारीमा छिन भने यता उपराष्ट्रपतिको लागी चाही इन्द्रदहमा आवास निर्माण भएको छ । यो आवास कालुपाँडेको समाधि नजिकै निर्माण हुदै छ ।
उपराष्ट्रपतिको बन्दै गरेको आवासमा अहिले भुइँ तलासहित ३ तलाको भवनको फिनिसिङ भइरहेको छ भने पानी र बिजुलीको व्यवस्थापन भइसकेको छ । यस फिनिसिङ हुदै गरेको आवासबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्न सकिन्छ । सूर्योदयदेखि सूर्यास्तसम्म उज्यालो हुने र खुला स्थानमा घर बनाइएको छ भने सुरक्षाका लागि आवास बाहिर दुई वटा आउटपोष्ट समेत निर्माण गरिएको छ ।