फागुन
२५, काठमाडौँ । आज भएको राष्ट्रपति निर्वाचनमा मतदानको लागी तोकिएको समय सकिएको छ।
बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे काठमाडौंको नयाँ
बानेश्वरस्थित संसद भवनमा सकिएको हो।
मतदान
सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ निर्वाचन आयोगका जानकारी दिएको छ।
संघीय
सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुने पनि निर्वाचन
आयोगका बताएको छ।
मत गणना
स्थलमामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि हुनेछन्। त्यसका लागी
कांग्रेस उम्मेदवारका रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार
सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ जानकारी
प्राप्त भएको छ।
मतपरिणाम
केही घन्टामै सार्वजनिक गरेर विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले बताएको
छ।
- न्युज बहार संवाददाता