फागुन २६, काठमाडौं । उपराष्ट्रपतिको
निर्वाचनलगत्तै सरकार बिस्तार हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका
छन् । राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले
उपराष्ट्रपति निर्वाचनपछि मात्र सबै निर्वाचन प्रक्रिया पूरा हुने र त्यसपछि
सरकारलाई पूर्णता दिने उनले बताएका छन।
उनले भने ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र
संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको
निर्वाचन एउटा बाँकी रहन्छ र समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको
छ। अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिने तिर हुन्छ। उपराष्ट्रपतिको
निर्वाचनपछि तत्कालै सरकार बिस्तार हुन्छ।’
- न्युज बहार संवाददाता