Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सकियो रास्वपाको बैठक, के के निर्णय भयो ?

बैठकमा रास्वपाद्धारा उपनिर्वाचनको स्वागत ।

  •   ४ वर्ष अघि | १ फाल्गुन २०७९, सोमवार

फागुन १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भर्खरै सकिएको छ । आज पार्टी कार्यालय बसुन्धारामा बसेको बैठकले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने नत्र सरकारमा तत्काल जनाने सोमबार बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं । उनले बताएका छन। यता बैशाखमा चितवन २मा हुने उनिर्वाचनमा सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद नभएको पनि उनले बताएका छन।

यस सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय कमिटी पनि विस्तार गरेको छ ।सोमबार बसेको केन्द्रीय समिति बैठकले यस अघि २४ सदस्यीय केन्द्रीय कमिटीलाई अहिले ४० सदस्यीय बनाएको छ भने रास्वपाले उपनिर्वाचनको स्वागत समेत गरेको छ । निर्वाचन आयोगले आइतबार चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गतेलाई उपनिर्वाचनको घोषणा गरेसँगै रास्वपाले निर्वाचन आयोगको निर्णयलाई स्वागत गरेको हो । 

थप