फागुन ५,
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने
प्रक्रिया सरकारले अघि बढाएको छ ।
गृह
मन्त्रालयले महान्यायाधिवक्ताको रायसुझावका आधारमा कैद मिनाहाका लागि फाइल
मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीकोमा पठाएको जानकारी दिएको छ ।
कैद तथा
माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार चौधरीको
हकमा सरकारले प्रक्रिया अघि बढाएको छ ।
स्रोतका
अनुसार आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयले असल
चालचलन भएका केही कैदीहरुको कैद माफी मिनाहा गर्ने छ। एमालेका नेता महादेव बजगाईँको
ट्याक्टर आगजनीको आरोपमा सांसद चौधरीमाथि अदालतले दोषी ठहर गरेको थियो । अदालतको
आदेशअनुसार चौधरी केही साता अघिमात्रै पक्राउ परेका हुन । अहिले उनी डिल्लीबजार
कारागारमा छन ।