मंसिर २५, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गरेका छन् ।
पुनले आज
मंगलबार पार्टीको तनहुँस्थित आँखुबैरेनी गाउँपालिकाको दोस्रो अधिवेशन उद्घाटन तथा
खबरदारीसभामा बोल्दै सरकारले रास्वपासहित अरू दललाई तर्साउन लामिछानेलाई एकपछि
अर्को जिल्लामा घुमाइरहेको बताएका हुन । पुनका अनुसार लामिछानेलाई
मध्यरातमा उठाएर चितवनबाट पोखरा लैजानुको कारणबारे सरकारले जवाफ दिनुपर्ने छ ।
- न्युज बहार संवाददाता