Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्यो भ्रष्टाचारको मुद्दा दायर

  •   १ वर्ष अघि | २३ जेष्ठ २०८२, बिहिबार

जेठ २२, काठमाडौँ । आज बिहिबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्रिपरिषद्‌को निर्णयबाट अख्तियारले हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।

उद्योग, कृषि लगायतका काम गर्न हदबन्दीभन्दा छुटको जग्गा राख्न पाउने सुविधा भूमिसम्बन्धी ऐनले दिएको छ । मन्त्रिपरिषद्‌को अनुमतिमा मात्रै पाइने हदबन्दी छुटको जग्गा त्यही प्रयोजनमा प्रयोग गर्नुपर्ने हुन्छ ।

पूर्वप्रधानमन्त्री नेपालमाथि र मन्त्रिपरिषद्‌का सचिव (मुख्यसचिव) माधवकुमार घिमिरेमाथि अख्तियारले अनावश्यक दबाब दिएको आरोप समेत लगाएको छ । अख्तियारको आरोपपत्र अनुसार, प्रस्ताव र त्यसका कागजपत्रहरू कानुनसम्मत थिए वा थिएनन् भन्ने जाँच गर्न पूर्वप्रधानमन्त्री नेपालले लगाएनन् र पेस भएका कागजात कानुनसम्मत थिए कि थिएनन् भन्नेबारे कुनै परामर्श समेत गरेनन्।

अख्तियारजा अनुसार काभ्रेको साँगा, महेन्द्रज्योति र चलालगणेशस्थानमा खरिद भएको करिब ५५४ रोपनी जग्गालाई मान्यता दिने नियतले मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस भएको र त्यसलाई स्वीकृत गरिएको हो। 

  • न्युज बहार संवाददाता

थप