बैशाख ४, काठमाडौँ । ऐन जारी गर्ने
विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय नेपाल शिक्षक
महासंघले गरेको छ ।
महासंघकी सहअध्यक्ष
नानुमाया पराजुलीका अनुसार आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय
गरेको हो ।
शिक्षक
कर्मचारीको सेवा सुविधाको विषय मन्त्रिपरिद्बाट निर्णय गराउने भनेपनि सरकारले सर्त
राखेकाले सहमत हुन नसकेको पराजुलीले बताएकी छन ।
- न्युज बहार संवाददाता