Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तान र भारतमा रहेका नेपालीहरुको सुक्षाको व्यवस्था बारे ख्याल गर्न सभामुखको रुलिङ

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

वैशाख २६, काठमाडौँ । पाकिस्तान र भारतमा रहेका नेपालीबारे ख्याल गर्न प्रतिनिधिसभाले सरकारको ध्यानाकर्षण गरेको छ ।

सांसदहरूले आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए सोही अनुसार सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले भने ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’ 

  • न्युज बहार संवाददाता

थप