फागुन
२६, काठमाडौँ। आज बहराइन जाने तयारीमा सभामुख देवराज घिमिरे रहेका छन। सभामुख
घिमिरे बहराइनमा आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा
भाग लिन जान लागेका हुन्। सभामुख पदमा निर्वाचित भए पछि उनको यो पहिलो विदेश भ्रमण
हुन लागेको हो।
शुक्रबार
नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराईन जान लागेको सङ्घीय संसद्
सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन। उनका अनुसार सभामुख घिमिरेले
नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहको छ।
सभामुखको
प्रतिनिधिमण्डलमा सभामुख घिमिरे लगायत नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु
खकडरीया, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख
सचेतक सन्तोष परियार, नेकपा
(माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र संसद् सचिवालयका महासचिव
भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी पनि अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा सहभागी
हुनेछन्।
- न्युज बहार संवाददाता