Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत लगायत प्रदर्शनका केही दृश्यहरु अब फिल्ममा हेर्न पाइने

  •   २ वर्ष अघि | २५ फाल्गुन २०८१, आइतवार

फागुन २५, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार साँझ पोखराबाट काठमाडौँ आएका छन । आज पुर्व राजा काठमाडौँ आउँदा स्वागतमा जुटेका राजावादीले काठमाडौँमा गरेको प्रदर्शनका केही दृश्यहरु अब फिल्मको पर्दामा समेत हेर्न पाइने जनाइएको छ । विमानस्थलदेखि महाराजगञ्जसम्मको दृश्यलाई फिल्म ‘माग्ने राजा’ले क्यामेरामा कैद गरेको हो ।

फिल्मका ७ जना क्यामेराम्यान एयरपोर्ट, गौशाला, चाबहिल, गोपीकृष्ण हल हुँदै महाराजगञ्जसम्मको जुलुसको दृश्य खिच्न खटिएका थिए । निर्देशक ऋषि लामिछानेका अनुसार राजालाई स्वागत गर्न पुगेको भीडलाई ड्रोन लगायतका क्यामेराको मद्दतमा खिचिएको छ ।

निर्देशक ऋषि लामिछानेले जनाए अनुसार यी दृश्य खिच्न आयोजकबाट स्वीकृतिसहितको पत्र  लिएको थियो र  स्वीकृतिपछी मात्रै खिचिएको हो । 

  • न्युज बहार संवाददाता

थप