फागुन २७, काठमाडौँ । उपराष्ट्रपति
पदको निर्वाचन आगामी चैत ३ गते हुने शुक्रबार हुने गइरहेको छ। उपराष्ट्रपति पदको
निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुने कार्यतालिका रहेको छ।
नयाँ
बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको
कार्यालयमा आज शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता
गर्नुपर्ने व्यवस्था रहेको छ।
कम्तीमा ४५
वर्ष उमेर पूरा भएको, वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै संघीय कानुनले अयोग्य नभएको, कुनै
गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, तथा कुनै लाभको पदमा बहाल नरहेको व्यक्तिले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन पाउनेछ।
- न्युज बहार संवाददाता