Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सापकोटा र भुसाल पार्टी उपाध्यक्ष ।

माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

अग्निप्रसाद सापकोटालाई नेकपा माओवादी केन्द्रले  पार्टीको उपाध्यक्ष बनाएको छ। आग्नि सापकोटा यसअघि सभामुख थिए। सभामुखपद हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका छन। त्यस्तै नेकपा माओवादीले पम्फा भुसाललाई पनि पार्टीको उपाध्यक्ष बनाएको छ। भुसाललाई महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा उपमहासचिव बनाइएको हो। 

माओवादी केन्द्रले सर्कुलर जारी गर्दै पम्फा भुसाल र अग्नि सापकोटालाई र उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ।

नारायणकाजी श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । पार्टीको जिम्मेवारीमा सभामुख सापकोटा थिएनन् भने पम्फा भुसाल उपमहासचिव थिइन् ।

माओवादीमा यससँगै पदाधिकारीको संख्या २२ पुगेको छ ।

 

 

 

 

थप