फागुन
२४, काठमाडौँ। राष्ट्रपति निर्वाचनबारे राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार
मात्रै निर्णय लिने भएको छ।
पार्टीका
उपसभापति डोलप्रसाद अर्यालले राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान
बैठक बसेर आवश्यक निर्णय गर्ने सो जानकारी दिएका छन।
भोलि
बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनको मतदान हुने तय भएको छ।
राष्ट्रपतिको
निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका
वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन्।
- न्युज बहार संवाददाता