Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भिजिट भिसा प्रकरणको छानबिन समिति प्रती रास्वपाको आपत्ति

  •   १ वर्ष अघि | १० असार २०८२, मङ्लबार

असार १०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले पूर्व मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको भिजिट भिसा प्रकरणको छानबिन समिति प्रती आपत्ति जनाएको छ । 

रास्वपाले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व मुख्यसचिव वैरागीको नेतृत्वमा भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी र ठगी जस्तो गम्भीर सङ्गठित अपराधको छानबिन गर्न स्वार्थ प्रेरित र कमजोर समिति गठन गरिएको जनाएको हो । 

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार निष्पक्ष छानबिनको मर्म विपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने षड्यन्त्रको निरन्तरतामा सरकारद्वारा गठित समिति पूर्णरुपमा अस्वीकार गरिएको हो । 

  • न्युज बहार संवाददाता

थप