चैत ५, काठमाडौँ । काठमाडौँ उपत्यका
लगायत देशका विभिन्न स्थानमा राजसंस्था, हिन्दु राष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका
राजनीतिक, सामाजिक
एवं सुशासन र जनजीविकाका विविध विषयमा घोषणा भएका आन्दोलनका कार्यक्रमलाई राष्ट्रिय
प्रजातन्त्र पार्टी (राप्रपा) ले पुन: निरन्तरता दिने निर्णय गरेको छ ।
आज मंगलबार
बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको
छ ।
यसअघि २५
फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने भएपछि तय भएका यी कार्यक्रम स्थगित गरिएको थियो । राप्रपाका प्रवक्ता
मोहनकुमार श्रेष्ठले उक्त कार्यक्रम पुनः अघि बढाउने निर्णय भएको जानकारी दिएका छन
।
- न्युज बहार संवाददाता