चैत २६, काठमाडौँ । आज मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ ।
विभिन्न
ठाउँबाट निस्किएको र्याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुने राप्रपाले
जनाएको छ ।
राप्रपाका
प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित
राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन ।
राप्रपाले
राजसंस्था पुनर्स्थापना, संघीयता
खारेजीलगायत एजेन्डासहित प्रदर्शन र आमसभा गर्न लागेको हो ।
- न्युज बहार संवाददाता