Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राप्रपाको चार घण्टा देखि जारी बैठकमा राष्ट्रपति चुनावमा पार्टी तटस्थ बस्नुपर्ने धारणा।

पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले पनि तटस्थ बस्नु पर्ने धारणा।

  •   ४ वर्ष अघि | २४ फाल्गुन २०७९, बुधबार

फागुन २४, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा चार घन्टादेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी रहेको छ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक भने भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान गर्ने वा नगर्नेबारे निर्णय लिन बसेको हो।अहिले जारी बैठकमा कार्यसम्पादन समितिका सदस्यहरूले आ-आफ्ना धारणा राखिरहेका छन्।

राष्ट्रपति चुनावमा पार्टी तटस्थ बस्नुपर्ने धारणा बैठकमा बोलेका केही नेताहरूले  राखेको एक पदाधिकारीले बताएका छन।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले गत फागुन १३ मा राष्ट्रपतिमा मनोनयन दर्ता गर्दा पनि राप्रपा प्रस्तावक र समर्थक दुबै बसेको थिएन।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने पक्षमा केही नेताहरूले बोल्दै राप्रपा पार्टीले राजसंस्थाको एजेन्डा लिएकोले पनि तटस्थ बस्नु पर्ने धारणा राखेका छन्। राष्ट्रपति चुनावमा के गर्ने भन्नेबारे पार्टीभित्र वृहत छलफल गरी सहमतिमै निर्णयमा पुगिने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

  • न्युज बहार संवाददाता

थप