पुस ८, काठमाडौँ । आजदेखि रास्वपा
सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु हुँदै छ । सहकारी संस्थाको
रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपिरहेका लामिछानेको आजदेखि जिल्ला अदालत
कास्कीमा बयान लिन सुरु गरिएको हो ।
हिजो
आइतबार रवि लामिछानेसहित ३१ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा मद्दा दायर भएको
थियो । प्रहरी र सरकारी वकिलको कार्यालयले लिएको बयान समेतको आधारमा उनीहरु सबै विरुद्ध
मुद्दा दायर गरिएको हो ।
- न्युज बहार संवाददाता