मंसिर
१४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सरकारी वकिल
कार्यालय, काठमाडौँमा
आजको बयान सकिएको छ ।
आज शुक्रबार
बिहानदेखि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा लामिछानेको बयान
लिइएको थियो । कार्यालयका अनुसार आइतबार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान
सकिएको हो ।
सहकारी
ठगी र संगठित अपराधमा अनुसन्धान गर्ने क्रममा बिहिबार रवि लामीछानेलाई काठमाडौँ
ल्यइएको हो ।
- न्युज बहार संवाददाता