राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज भएको छ । गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा फैसला आज रविको विपक्षमा आएको छ भने रवि लामिछानेको सांसद पद पनि खारेज भएको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
सर्वोच्च
अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने निर्णय पनि गरेको छ । यससँगै उनको उपप्रधान तथा
गृहमन्त्री पद पनि गुमेको छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु
विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको शुत्रबारको फैसलासँगै गृहमन्त्री लामिछानेको
चितवन–२ को सांसद पद रिक्त भएको छ ।